किशोरीहरु नेतृत्वका लागि तयार हुनुपर्छ– मन्त्री थापा | Khabarhub Khabarhub

किशोरीहरु नेतृत्वका लागि तयार हुनुपर्छ– मन्त्री थापा


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छिन् ।

लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा उनले भनिन् “विगतमा राजनीति गर्ने महिलाले गरेको मेहनत र बगाएको पसिनाका कारण आज राजनीतिक आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा महिलाको नेतृत्वमा वृद्धि भएको छ ।”

मन्त्री थापाले सामाजिक समस्या निराकरणका लागि प्रभावकारी भूमिका निर्वाह गरेर भोलिका नेतृत्वका लागि तयार हुन किशोरीहरुलाई आग्रह गर्दै लैङ्गिक समस्या समाधानका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण हुने बताइन् ।

किशोरी सञ्जालकी अध्यक्ष महिलाहरु घरको काममा मात्र सीमित नभएर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्ने बताए

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउन लागेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०