नदीले ल्याएको दाउरा निकाल्न जाँदा बगेर मृत्यु | Khabarhub Khabarhub

नदीले ल्याएको दाउरा निकाल्न जाँदा बगेर मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो ।

बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन् । छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताए ।

“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भने । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका