केकी अधिकारीसहित कलाकार चढेको गाडी दुर्घटना | Khabarhub Khabarhub

केकी अधिकारीसहित कलाकार चढेको गाडी दुर्घटना


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतको छायांकनका लागि रौतहट जाँदै गरेको अभिनेत्री केकी अधिकारी सहितका कलाकार चढेको गाडी दुर्घटनामा परेको छ ।

गीतको लागि छायाँकनका लागि रौतहट जाँदै गरेको बा २० च ५४१० नम्बरको स्कार्पियो भ्यान दुर्घटनामा परेको हो । भ्यान रौतहटको कटहरिया–१ स्थित बाटोबाट करीब ६ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा सबै सकुसल रहेको प्रहरीले जनाएको छ ।

गाडीमा निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव, चालक सुजन पोखरेल सवार थिए । दुर्घटनामा केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कटहरियामा सामान्य उपचार गराएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए ।

गीतको छायाँकन सोमबारदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुरलगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएकी केकी अधिकारीले फेसबुकमा स्टाट लेखेकी छिन् –’हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६