सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर | Khabarhub Khabarhub

सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? पुर्‍याउँछ यस्तो असर


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकाल मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग झै बनिसकेको छ । पछिल्लो पुस्तामा मोवाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी हुन्छ ।

पूजाआजा होस् वा शौच कार्य त्यहाँ पनि मोवाइलको प्रयोग गर्नेहरु भेटिन्छन् । तर यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ ।

खासगरी मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने गर्दछ ।

अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् ।

चीनमा अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन् । लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्यासले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने बताइएको छ ।

अहिलेका पुस्ताले स्मार्टफोनलाई आवश्कता भन्दा बढी मात्रामा प्रयोग गर्ने भएकाले मोवाइल तात्ने तथा चार्जर लगायतका समेत समस्या आउने गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : ५१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६