सागको अभ्यासमा रहेका खेलाडीलाई पाँच दिन दशैँ बिदा | Khabarhub Khabarhub

सागको अभ्यासमा रहेका खेलाडीलाई पाँच दिन दशैँ बिदा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका खेलाडीले पाँच दिन बिदा पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पाँच दिनको दशैं बिदा दिने तयारी गरेको राष्ट्रिय टोली छनोट समितिका संयोजक महेन्द्र कुमार राईले बताए ।

राखेपले असोज १९ देखि २३ गतेसम्म दशैं बिदा दिने तयारी गरिरहेको राईले बताए ।

‘नेपालीहरुको महान चाड दशैं भएकाले हामीले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पाँच दिनको बिदा दिन राखेपसँग माग गरेका छौं,’ राईले भने,‘हामीले १९ गते आइतबारदेखि बिदा दिने तयारीसहित राखेपमा पत्र पठाएका छौं ।’

बिदाबारे सदस्यसचिव रमेश कुमार सिलवालसँग कुरा भइसकेको बताए । उनले छिट्टै बिदा स्वीकृत हुने बताएका हुन् ।

साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागमा २७ खेल समावेश गरिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६