वैदेशिक रोजगार व्यवसायीको चुनाव– राजनीतिक प्रतिष्ठा जोगाउने होडवाजी | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायीको चुनाव– राजनीतिक प्रतिष्ठा जोगाउने होडवाजी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभा हुँदैछ । व्यवसायी संघको दुई वर्षेको कार्यकालका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

असोज ७ गते(मंगलवार) राजधानीमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचन मिति तय गरिएको छ ।

संघको साधारणसभामा राजनीतिक प्रतिष्ठा जोडिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसायीको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।

उक्त चुनावमा आफ्नो पक्षको जीत निकाल्नका लागि दलहरुले शीर्ष नेतृत्वलाई नै जिम्मेवारी दिएको छ ।

निर्वाचनमा सत्तारुढ दल नेकपा निकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनाई सरोज कुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ ।

संघको महासचिव समेत रहेका व्यवसायी पोखरेल निविदा कन्सर्न प्रा.लि.का संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् । अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक गैरेले संघका पूर्व उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

अध्यक्षसहित ७ पदाधिकारी र १० कार्यसमिति सदस्य गरी १७ पदका लागि हुने निर्वाचनमा दुवै तर्फका गरी ३४ उम्मेदवार मैदानमा उत्रिएका छन् । दुई वर्षमा संघको साधारण सभा हुने व्यवस्था छ । ६ सय ५८ जना व्यवसायीले साधारण सभामा भाग लिने छन् ।

जोगाउन र हराउने राजनीति

वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा राजनीतिक प्रभाव देखिएको छ । संघको साधारण सभामा सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसले आफना पक्षका व्यक्तिलाई संघको नयाँ नेतृत्व जिताउने कसरत गरिरहेका छन् ।

दुवै पार्टीले साधारण सभाका लागि केन्द्रीयस्तरका नेता खटाएका छन् ।

नेकपाका तर्फबाट रोजगारी फाँटका इन्र्चज श्रीप्रसाद शाह र सह–इन्र्चज लक्ष्मण पन्तलाई खटाइएको छ । यस्तै, कांग्रेसले केन्द्रीय सदस्य र पूर्व श्रम तथा रोजगार मन्त्री रमेश लेखकलाई व्यवसायी संघको साधारण सभामा खटाएको छ । दुवै पक्षका शीर्ष नेताहरुले राजनीतिक प्रतिष्ठाका लागि व्यवसायीहरुसँग लविङ र परामर्श गरिरहेका छन् ।

वर्तमान वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नेकपा निकट छ ।

यसलाई निरन्तरता दिनका लागि नेकपा नेताले आफ्ना पक्षका व्यवसायी र अन्य गठबन्धन व्यवसायीहरुलाई पोखरेल नेतृत्वलाई जिताउनका लागि लविङ गरिरहेका छन् ।

दुई तिहाइ नेतृत्वको सरकारले व्यवसायीको चुनावलाई प्रतिष्ठासँग जोडेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सत्ता पक्षका व्यवसायीलाई हराएर नेकपालाई कमजोर भएको देखाउने अवसरको रुपमा लिएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरु देशको रोजगारी र अर्थतन्त्रलाई सहयोग पुराउन पाटो भएका कारण राजनीतिक दलले सहयोग गर्नुपर्ने नेकपाको वैदेशिक रोजगारी इन्र्चज शाहले बताए ।

संघको साधारण सभालाई व्यवस्थित गर्न मात्र पार्टीले चासो दिएको उनको भनाइ छ ।

प्रतिष्ठा जगाउन र राजनीतिलाई जोडेर कसैलाई जिताउन नै पर्छ भनेर पार्टीले नखटाएको उनको भनाइ थियो ।

कांग्रेस नेता रमेश लेखक भने रोजगार व्यवसायीले राजनीतिमा चासो र आस्था राख्ने भएका कारण पार्टीले त्यसलाई ध्यान दिनु सामान्य भएको बताउँछन् ।

‘रोजगार व्यवसायीहरुले नै राजनीतिक चासो र आस्था राखेका हुन्छ । सोही अनुसार नै पार्टीले काम गर्ने हो ।’ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री लखेकले बताए ।

लोकतान्त्रिक देशमा राजनीतिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट भएर आउनुपर्ने उनको भनाइ छ । सोही अनुसार नै व्यवसायीपनि निर्वाचित हुनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायीलाई नयाँ उचाइमा पुराउन प्रयास गर्ने छु : पोखरेल 

वैदेशिक रोजगार व्यवसायीलाई नयाँ उचाइमा पुराउन प्रयास गर्नेगरी काम गर्ने योजना बनाएको प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार सरोज पोखरेलले बताए ।

‘व्यवसायीका हकहितका लागि काम गर्नुपर्ने भएकाले राजनीति दोस्रो पक्ष हो । सरकारले वैदेशिक रोजगार ऐन परिवर्तन गरेको छ । सोही अनुसार काम गर्नुपर्छ । वैदेशिक रोजगार क्षेत्रमा धेरै समस्या छन् । सवै व्यवसायीसँग छलफल गरेर समस्याका सामधान खोज्न प्रयास गर्ने छु’ उनले भने, ‘व्यवसायीलाई राजनीतिसँग जोडेर हेर्नुहुँदैन । तर, रोजगार व्यवसायीलाई राजनीतिबाट बेग्लै भएर काम गर्नेसक्ने अवस्था छैन ।’

राजनीति भन्दा व्यवसाय धेरै ठूलो विषय भएको भन्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

विगतका गल्तीलाई सच्याएर काम गर्ने छु : गैरे 

वैदेशिक रोजगार व्यवसायीलाई सवैतिरबाट धरापमा पार्ने काम भइरहेको गैरेले बताए ।

कांग्रेसनिकट लोकतान्त्रिक तर्फका अध्यक्षका उम्मेदवार गैरेले भने, ‘सवै तिरबाट वैदेशिक रोजगारी क्षेत्रलाई चेपुवामा पार्ने काम भइरहेका छ । यो विषयमा सबै सम्बन्धीत निकायसँग छलफल गर्नुपर्ने देखिन्छ । रोजगार व्यवसायीले व्यवसाय गर्ने वातावरण गर्ने अवस्था छैन । यस्ता समस्यामा मध्यनजर भएर काम गर्ने छु ।’

सरकारसँग वैदेशिक रोजगार व्यवसायी क्षेत्रका सवै समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ३७ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका