कटुवा पेस्तोलसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

कटुवा पेस्तोलसहित दुईजना पक्राउ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्लाको लालबन्दी नगरपालिका–५ मेजरगञ्जबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मेजरगञ्जको भित्री सडकमा इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको गस्ति प्रहरीको टोलीले कटुवा पेस्तोलसहित जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ प २३९२ र बीआर–०६–एजे–०८०६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

मेजरगञ्ज–५ का ४० वर्षीय सोनालाल ठाकुर र ३० वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।

प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै राजेश महतो भने मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा महतोले कम्मरमा बाँधेको बर्षादीसँगै झरेको पेस्तोल प्रहरीले बरामद गरेको थियो ।

ठाकुर भने सोही स्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । फरार महतोलाई प्रहरीले लालबन्दी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  २ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६