लालीगुराँसमा हुन्छन् यस्ता औषधीय गुण, कसरी गर्ने प्रयोग ? | Khabarhub Khabarhub

लालीगुराँसमा हुन्छन् यस्ता औषधीय गुण, कसरी गर्ने प्रयोग ?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालिगुराँस नदेख्ने सायदै नहोलान् । यसलाई देखे पनि यसको फाइदा बारे जो कोहीलाई थाहा नहुन सक्छ ।

लालीगुराँस देख्नमा जति सुन्दर हुन्छ, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । पहाडी तथा हिमाली भु–भागमा लटरम्म फुल्छ लालिगुँरास ।

गर्मीमा लू, रुघाखोकी, ज्वरोजस्ता अनेकौं रोग भगाउन लालिगुराँस महत्वपूर्ण मानिन्छ । गुराँसको फूलबाट तयार पारिएको जुस तथा अन्य उत्पादन सेवन गर्नाले मुटु स्वस्थ हुनुका साथै शरीरमा रगतको मात्रा बढाउन समेत महत्वपूर्ण मानिन्छ । लालीगुराँसमा पाइने औषधीय गुण यस्ता छन-

मुटु रोगीका लागि फाइदाः

रोडोडेन्ड्रन प्रजातिको यी फूलहरु रातो, सेतो र निलो फुल्ने गर्दछ । रातो फूल औषधीय गुणले भरपूर हुन्छ ।

विशेषगरी हृदय रोगबाट पीडित व्यक्तिले प्रतिदिन एक गिलास लालीगुराँसको जुस पिउन सकेमा एकदमै फाइदाजनक हुने चिकित्सक बताउँछन् ।  लालीगुराँसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न नदिई हृदय रोगसँग सम्बन्धित अन्य खतरा न्यून गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

रगतको कमी हुन दिँदैनः

लालीगुराँसको जुसको प्रयोगले शारीरिक विकास र रगतको कमी हुन दिँदैन । उच्च हिमाली क्षेत्रमा पाइनले गुलाबी रंग तथा सेतो रंगको लालिगुराँमा पनि उत्तिकै औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् । हिमाली क्षेत्रमा फूल्ने लालिगुराँसलाई कतै कतै चिमाल पनि भन्दछन् ।

रक्तचाप कम गर्छः

यसको नियमित सेवनले रक्तचाप बढ्न दिँदैन । उच्च रक्तचाप नियन्त्रणका लागि लालिगुराँसको जुस उत्तम मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन बी हुने गर्दछ । मौसम परिवर्तनका समयमा भिटामिन बीको कारणले शरीरमा परिवर्तन आई अनेकौं रोगहरु जस्तै खोकी, ज्वरो आउने गर्दछ । यस्तो अवस्थामा गुराँसको जुसले औषधीकै रुपमा काम गर्दछ ।

मिर्गौंला सम्बन्धी रोग नियन्त्रण गर्नः

लालीगुराँसको जुसको सेवनले मृगौला सम्बन्धी रोगबाट बचाउन मद्दत गर्दछ । नियमित गुराँसको जुस सेवनले शरीरमा रोग प्रतिरक्षात्मक क्षमता समेत विकास गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ५९ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन