काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन | Khabarhub Khabarhub

काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ ।

ट्राफिक प्रहरीले दशै‌ं लगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयंसेवी युवाहरुलाई सडकमा परिचालन गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउनका लागि २३ वटा स्कूल–कलेज, २ वटा युवाक्लव, १६ वटा यातायात प्रालि, १० जना ख्यातिप्राप्त कलाकार, १२ जना एयरहोस्टेज गरी ५ सय जना युवालाई परिचालन गरिएको हो ।

काठमाडौंको दरबारमार्ग, केशरमल, त्रिचन्द्र कलेज, न्युरोड, वीर अस्पताल, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कुपन्डोल, पुल्चोक , कालिमाटी, कलन्की, महाराजगन्ज, गौसला, बि एण्ड बि अस्पताल अगाडि, जमल, भाेटाहिटी, माइतीघर, सिंहदरबर, बानेश्वर, काेटेश्वर, पुतलीसडक, नयाँ बसपार्क, लगायतका स्थानमा यी युवाहरु खटिनेछन् ।

क्षमताभन्दा बढी यात्रु चढ्न नदिने, टिकट काउन्टरमा हुने ब्लयाकमेलिङको अन्त्य गर्ने, सडकमा ट्राफिक जाम हुन नदिने लगायतका कामहरु युवाहरुले गर्नेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि खटिने युवाहरुलाई प्रारम्भिक चरणको प्रशिक्षण समेत दिएको छ ।

ट्राफिक नियम तथा ट्राफिक व्यवस्थापनका लागि अपनाउनु पर्ने उपायका सम्बन्धमा युवाहरुलाई प्रशिक्षण दिइएको महाशाखाले जनाएको छ ।

प्रशिक्षणमा सहभागी युवाहरुलाई आइतबार एक कार्यक्रम गरी ट्राफिक व्यवस्थापनका लागि परिचालन गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनमा खटिने युवाहरुको बिदाई गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ०० बजे

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत