म्याग्दीको कोतखोलामा बाढी, दुई जना बेपत्ता चार घरमा क्षति | Khabarhub Khabarhub

म्याग्दीको कोतखोलामा बाढी, दुई जना बेपत्ता चार घरमा क्षति


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

गएराति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे जनाएको छ ।

कोतखोलामा आएको बाढीले बुद्ध एकेडमीको पाँचवटा भवन पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै स्थानीय माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेत परियारको घरमा क्षति पुगेको म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । बाढीमा बेपत्ता भएका दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


तस्वीर–सन्तोष गौतम

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका