ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब शुरुवात | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब शुरुवात


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ ।

लियोनल मेस्सी र स्टार किशोर खेलाडी आन्सु फातीसहितको बार्सिलोना शनिबार राति भएको खेलमा ग्रानाडा सँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो । पहिलो हाफमा बार्सिलोनाको टिममा मेस्सी र फाती थिएनन् । दोस्रो मिनेटमा नै रामोन अजीजले गोल गर्दै ग्रानाडालाई सुरुवाति अग्रता दिलाए ।

बार्सिलोनाका प्रशिक्षकले दोस्रो हाफमा टिममा मेस्सी र फातीलाई समावेश गरे । तर पनि गोल खायो बार्सिलोनाले । ग्रानाडाका लागि ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा अल्भारो माडिल्लोले गोल गरे ।

लिगमा बार्सिलोनाले पछिल्लो २५ वर्षयताकै खराब सुरुवात गरेको छ । उसले सन् १९९४–९५ सिजन यताकै यस्तो खराब सुरुवात गरेको थिएन । उसले पाँच खेलबाट मात्रै सात अंक जोडेको छ र सातौँ स्थानमा छ ।

जित निकालेको ग्रानाडा पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिडले शनिबार राति नै भएको खेलमा सेल्टा डी भिगोसँग गोलरहित बराबरीमा रोकिएर शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।

अरु खेलमा भिल्ला रियलले रियल भालाडोलिडलाई २–० ले पराजित गरेको छ भने लेभान्टे र एइबरले गोल रहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : २८ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै