‘पार्टी एकता कार्यदललाई सचिवालयले भङ्ग गर्न मिल्दैन’ | Khabarhub Khabarhub

‘पार्टी एकता कार्यदललाई सचिवालयले भङ्ग गर्न मिल्दैन’


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकताको विषयमा सुझाव दिन गठित कार्यदल भंग गर्ने निर्णय सचिवालय बैठकले गरेपछि कार्यदलका सदस्यले आपत्ति जनाएका छन् ।

शुक्रवार बसको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेसँगै कार्यदलका सदस्य योगेश भट्टराईले सचिवालयले कार्यदल भंग गर्न नमिल्ने बताएका छन् ।

नेता योगेश भट्टराईले स्थायी समितिले कार्यदल गठन गरेको भन्दै सचिवालय बैठकले कार्यदल भंग गर्न नमिल्ने बताए ।
‘कार्यदल सचिबालय होइन स्थायी समितिले गठन गरेको हो,’ नेता भट्टराईले भने,‘त्यसकारण कार्यदललाई सचिबालको बैठकले कार्यल भङ्ग गर्न मिल्दैन ।’

नेता भट्टराईले कार्यदलको बैठक नै बस्न नसकेको जसका कारण पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल गर्न समस्या भएको बताए ।

विहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले एक साताको लागि कार्यदलको म्याद थप गर्न माग गरेका थिए । तर पार्टी अध्यक्ष केपी ओली कार्यदलको म्याद थप नगर्ने पक्षमा देखिएका थिए ।

सचिवालयमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कार्यदललाई एक साताको थप समय दिनुपर्ने पक्षमा थिए तर उनीहरुको फरक मतका बाबजुद सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गने गठन भएको कार्यदल भंग भएको हो । एकताको बाँकी काम अब सचिवालयले नै गर्ने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ५९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द