सूचना प्रविधि विधेयकमाथि संसदमा छलफल शुरु, वैयक्तिक स्वतन्त्रतामाथि नै प्रहार हुने प्रतिपक्षीको आरोप | Khabarhub Khabarhub

सूचना प्रविधि विधेयकमाथि संसदमा छलफल शुरु, वैयक्तिक स्वतन्त्रतामाथि नै प्रहार हुने प्रतिपक्षीको आरोप


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा पेश गरेको सूचना तथा प्रविधि विधेयकमाथि शुक्रवारदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।

छलफलमा सहभागी हुँदै नेकपा सांसद नवराज सिलवालले सूचना प्रविधि विधेयक समयसापेक्ष रहेको बताए । उनले एक्काइसौँ सताब्दीसापेक्ष विधेयक आएको दाबी गरे ।

संविधानले व्यवस्था गरेको वैयक्तिक स्वतन्त्रताको ग्यारेण्टी गरेको भएपनि युवापुस्तामाथि सामाजिक सञ्जालका कारण परेको समस्या समाधानका लागि विधेयक महत्वपुर्ण हुने उनले बताए ।

तर कांग्रेस सांसद पुष्पा भुसालले संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकलाई समेत कुण्ठित पार्ने हिसाबले संविधानले व्यवस्था गरेको गोपनियताको हकभन्दा पनि बाहिर गएर विधेयक संसदमा ल्याइएको बताइन् ।

उनले सामाजिक सञ्जाललाई दर्ता गर्ने विषय समेत विधेयकमा आएको भन्दै दर्ता गर्ने व्यवस्था हटाएर अभिलेखिकरण गर्ने व्यवस्था राख्न माग गरिन् । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता महत्वपुर्ण रहेको भन्दै संविधान र मौलिक हकसँग बाझिने गरी ल्याइएको विधेयक संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : १४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका