भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा! | Khabarhub Khabarhub

भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा!


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नसक्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू सरुवामा परेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेका उनी युवा तथा खेलुकद मन्त्रालयमा सरुवा भएका छन् । बुधबार पर्यटनमन्त्रालयबाट भएको बिदाइमा मन्त्री रबीन्द्र अधिकारीकै सामू सचिव देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको बताएको कान्तिपुर दैनिकमा खबर छ ।

सरकारले २ करोडमा खरिद गरेका बसलाई आफूले चिनियाँ प्रमाणित नगरिदिएका कारण सरुवामा परेको उनले दाबी गरे । यो दबाबका लागि राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयबाट धेरै पटक दबाब आएको थियो । आफूले यौ काम गर्न नसक्ने अडान लिँदा ‘तलाईं ठेगान लगाइदिन्छु भन्थे लगाए’ भन्ने अभिव्यक्ति सचिव देवकोटाको छ ।

त्यस्तै सुनकाण्डको शंकास्पद आदेश न्याया परिषद मौन शीर्षकको अर्को समाचारमा न्यायपरिषदले सुन तस्करी मुद्दामा शंकास्पद आदेश गरेको भन्दै उच्च अदालत विराटनगरका ८ न्यायाधीशमाथि प्रारम्भिक छानबिन समिति नै गठन गरेर विस्तृत अनुसन्धान शुरु गरेको छ । तर, जिल्ला अदालत काठमाडौंका एक र उच्च अदालत पाटनका दुई न्यायाधीशमाथि छानबिन थालिएको छैन्।

एडल्ट साइट खोल्न सरकारी इमेल शीर्षकको समाचारमा सरकारले एडल्ट र पोर्न भिडियोमा प्रतिबन्ध लगाएपनि यसलाई खुलाउन सरकारी इमेल नै प्रयोग भएको पाइएको छ । साइबर सुरक्षाका क्षेत्रमा काम गर्ने एक कम्पनीले गरेको अनुसन्धानका क्रममा एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल नै प्रयोग भएको भेटिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : १५ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन