एभिसी भलिबलः उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान भिड्ने | Khabarhub Khabarhub

एभिसी भलिबलः उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान भिड्ने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एशियन भलिबल कन्फडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज सम्पन्न सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ अङ्कले हरायो ।

यस्तै आजै भएको अर्को सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ अङ्कले पराजित गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ०० बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ