अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास | Khabarhub Khabarhub

अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेपनि अमेरिका र उत्तर कोरियाबीच चाँडै आणविक निशस्त्रीकरणबारे वार्ता हुने वरिष्ठ दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा उपसल्लाहकार किम ह्युन चोङले दुई मुलुकबीच चाँडै वार्ता हुने र उक्त वार्ता सकारात्मक हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभन बाइगनसँगको भेटका क्रममा उनको यस्तो भनाइ आएको हो । यसै वर्षको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुई मुलुकबीच आणविक निशस्त्रीकरणबारेको छलफल अघि बढ्न सकेको छैन ।

त्यसयता गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किमसँग दुई कोरियालाई छुट्याउने सीमाक्षेत्रमा भेट गरेका थिए । त्यसयता आणवक निशस्त्रीरकणबारे दुई मुलुकबीच छलफल अघि बढ्ने सङ्केत मिलेको थियो ।

यद्यपि पछिल्लो समय दक्षिण कोरिया तथा अमेरिकाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास अघि बढाएको विरोधमा उत्तर कोरियाले एकपछि अर्को गरी छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । केही समयअघिमात्र उत्तर कोरियाले दक्षिण कोरियासँग कुनै पनि हालतमा वार्ता हुन नसक्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ०५ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर