चित्लाङमा शुरु भयो पटकथा लेखन कार्यशाला | Khabarhub Khabarhub

चित्लाङमा शुरु भयो पटकथा लेखन कार्यशाला


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चित्लाङ – मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला शुरु गरिएको छ । बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहानले प्रशिक्षण दिने कार्यशाला बुधबारबाट शुरु भएको हो ।

नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । चलचित्र विकास बोर्डको सहयोगमा कार्यशाला हुँदैछ ।

‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुु¥याउँछ,’ मन्त्री जमकट्टेलले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौँ ।’

उनले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तीव्रता दिने समेत दाबी गरे ।

त्यसैगरी वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पु¥याउने बताए । उनले नेपालबाट विदेशी फिल्म लगभग विस्थापित गरिसकेको धारणा राख्दै अगाडि थपे, ‘अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं । यस्ता कार्यशालाले नै त्यो पहिचान दिलाउन सहयोग पु¥याउने हो ।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्नेमा विश्वास प्रकट गरे ।

साथै उनले पटकथा फिल्मको मेरुदन्ड भएको र यो बलियो भएन फिल्म बलियो हुन नसक्ने तर्क गरे । उनले भने, ‘म बोर्ड बाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्त्वपूर्ण महसुस गर्थें । यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो ।’

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि लेखेका हुन् । अर्का प्रशिक्षक जेफले अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन् ।

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउने जनाइएको छ ।

आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कशपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ५२ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५