प्रचण्डले बैठक बोलाउन पाउने– अधिकार हस्तान्तरण कि अग्निपरीक्षा ? | Khabarhub Khabarhub

प्रचण्डले बैठक बोलाउन पाउने– अधिकार हस्तान्तरण कि अग्निपरीक्षा ?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको १५ महिना पूरा भएको छ । एकताको १५ महिना दुई दिनमा दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने अधिकार पाएका छन् ।

पार्टी एकता हुँदा समान हैसियत रहनेगरी भन्दै दुई अध्यक्षसहितको सचिलायय घोषणा भएको थियो । तर, एकतापछि वितेका १५ महिनामा प्रचण्ड सहअध्यक्षको जस्तो भूमिकामा देखिएका थिए ।

यसबीचमा सचिवालयका धेरैवटा बैठक बसेका छन् । जुन ओलीको आवश्यकतामा बोलाइदा मात्र बसेका छन् र ती सबै बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका थिए ।

पार्टी एकतापछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली उपचारका लागि तथा राजकीय भ्रमणको शिलशिलामा पटक-पटक गरी लामो समय विदेश भ्रमणमा गए । तर, जव ओली विदेश जान्थे नेकपाको नेतृत्व पनि उनीसँगै जान्थ्यो र नेकपा गतिविधि शून्य प्राय हुन्थ्यो ।

दोस्रा अध्यक्ष प्रचण्डको काम भाषण गर्ने मै सिमित भएको पाइएको थियो ।

बिहीवार बिहान ओलीले नै डाकेर बसेको सचिलाय बैठकमा एकताका बाँकी काम टुंग्याउने एजेन्डा तय भएको थियो । तर, त्यो बैठक एजेण्डामा प्रवेश नै गरेन । खाली प्रधानमन्त्रीसमेत रहेका अध्यक्षा ओलीको स्वास्थ्यलाभको कामना गरेर सकियो ।

त्यही बैठकबाट एउटा महत्वपूर्ण निर्णय (लिखित होइन) भयो– अब अर्का अध्यक्ष प्रचण्डले पनि पार्टीको बैठक बोलाउन सक्ने ।

सुन्दा सामान्य जस्तो लागेपनि यो नेकपाको लागि निकै ठूलो निर्णय हो  । पार्टी एकता गर्दा एक जनाले सरकार र अर्कोले पार्टी चलाउने गरि सहमति भएको भएपनि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै नछोड्दा प्रचण्ड रुष्ट बनेका थिए ।

दोस्रा अध्यक्षले बैठक डाक्ने विषय नेकपाको जीवनका लागि भने महत्वपूर्ण निर्णय हो।

विश्लेषक भन्छन् –कार्यवाहकको मात्र जिम्मेवारी

अध्यक्ष प्रचण्डले बैठक डाक्ने र एकताका बाँकी काम टुंग्याउने निर्णयले नेकपाको जीवनमा कस्तो अर्थ राख्ला त ?

वाम विश्लेषक यूग पाठकका अनुसार प्रण्डलाई बैठक बोलाउने अधिकार दिनुको खास महत्व छैन । समान हैसियतमा रहने गरी एकता भएपनि त्यस्तो अभ्यास नभएकाले मात्र अहिले यो समाचारको विषय बनेको भन्दै पाठकले अव अध्यक्ष दाहालले ओलीको निगाहा कुर्छन् वा आफै शक्तिको अभ्यास गर्छन् भन्ने विषयको महत्व हुने बताए ।

‘एकता हुँदा समान भूमिका रहने भनिएको हुँदा प्रचण्डको अलिकबढी भूमिका अपेक्षित थियो । तर, त्यसो हुन नसकेकैले अहिले यो विषय न्यूजवर्धी बनेको हो,’ विश्लेषक पाठकले भने, ‘यो केपी ओली बिरामी भएर प्रचण्डलाई आइलागेको जिम्मेवारी हो।’

सुन्दा सामान्य लाग्ने अध्यक्षले बैठक डाक्ने विषय नेकपाको जीवनका लागि भने महत्वको विषय हो । एउटा अध्यक्षलाई बैठक डाक्ने अधिकार बैठकको निर्णयमार्फत दिनुपर्ने? तर, नेपाल कम्युनिट पार्टी (नेकपा)को एकतापछिका १५ महिनाले यही विषयलाई ठूलो विषयका रुपमा स्थापित गरिदियो। करिव २५ वर्ष पार्टी प्रमुख भएर नेकपा मसाल (पातलो मसाल) हुँदै नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै नेकपा माओवादी केन्द्रका महासचिव/अध्यक्ष हुँदै पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका दाहाल वितेका १५ महिना दोस्रो हैसियतमा मात्र हैन एउटा नेताको सहयोगिको हैसियतमा सिमित थिए।

यस्तो अवस्थामा उनले पाएको जिम्मेवारीलाई विश्लेषकहरुले कार्यवाहकको मात्र मानेका छन् ।  पूर्वमाओदी निकट मानिने विश्लेषक हरि रोका ओलीले बोलाउँदै आएको मिटिङ प्रचण्डले बोलाउने जिम्मा पाउनुलाई कार्यवाहक जिम्मेवारीका रुपमा अर्थ्याउँछन् । रोकाले भने, ‘अहिलेसम्म मिटिङ ओलीले बोलाउनु हुन्थ्यो, उहाँको अनुपस्थितिमा बैठक बोलजाउने जिम्मा दिनुलाई कार्यवाहक भूमिकाका रुपमा हेर्नुपर्छ।’

रोक्काले २५ वर्ष पार्टी प्रमुख भएर अहिले दोस्रो भूमिका निर्वाह गर्दा प्रचण्ड अप्ठेरो अवस्थामा गुज्रिएको टिप्पणी गरे ।

‘निक्कै अप्ठेरो अवस्थामा प्रचण्डले गुजार्नुभएको देखिन्छ, निक्कै गाह्रो भएको होला,’ रोकाले भने, ‘एकता नगर्न पाएको भए भनेर केही दिन अघि उहाँले दिएका अभिव्यक्तिले पनि त्यही संकेत गरेको थियो।’

अध्यक्ष प्रचण्डले आफ्नो फरक अस्तित्व देखाउन समय समयमा चितवनसहितका ठाउँमा पुगेर सरकारको आलोचनामार्फत अयध्यक्ष ओलीभन्दा फरक अस्तित्व देखाउने प्रयास त गर्थे तर, जव उनी फर्केर बालुवाटार पुग्थे अध्यक्ष ओलीमा विलिन भइहाल्थे।

चुनवाङ बैंठकमा डाक्टर बाबुराम भट्टराईले मेरो सम्पूर्ण शक्ति अध्यक्ष प्रचण्डमा विलिन भयो  भनेजस्तो घोषणा त प्रचण्डले गरेनन्- तर, उनको भूमिका भने अध्यक्ष ओलीमा विलिन भएको थियो । छुट्टै पार्टीमा हुँदा निक्कै प्रभावकारी भूमिकामा देखिने अनि पार्टीलाई आफूले जस्तो चाह्यो त्यस्तै आकारमा बदल्ने प्रचण्ड ओलीसँग पुगेपछि सांगाठानिक भूमिकामा ओलीका सहयोगी ‘एस पर्सन’मा सिमित भएका थिए ।

विश्लेषक रोकाले अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार नदिए पनि प्रचण्ड बेगर मिटिङ पनि नगरेकाले सम्मान भने दिएको भन्दै प्रचण्डकालागि पनि अव अर्को प्रश्न बाँकी रहेको बताए ।

‘ओलीले आफै सबै जिम्मेवारी लिए पनि प्रचण्ड वेगर बैठक गर्नुभएको छैन,’ रोकाले भने, ‘त्यसकारण ओलीजीको अनुपस्थितिमा मिटिङ गर्ने कि नगर्ने भन्ने पनि प्रश्न छ।’

विश्लेषक रोकाले त ओलीमा देखिएको रोग गम्भीर भएको र उपचारका लागि लामो समय लाग्नसक्ने संकेतका रुपमासमेत प्रचण्डको जिम्मेवारीलाई अर्थ्याए ।

‘ओली जुनखालको रोग लागेर उपचारमा जानु भएको छ। उहाँको स्वास्थ्य भरपर्दो रहेनछ भनेर पनि बुझ्नुपर्ने हुन्छ,’ रोकाले भने, ‘लामो समय बुस्नुपर्ने पनि हुन सक्ने रहेछ। त्यसैले बाधा फूकाएको रुपमा यसलाई बुझ्नुपर्यो।’

जुनसुकै हिसावले जिम्मेवारी पाएको भएपनि प्रचण्डको परीक्षा फेरि सुरु भएको छ । एकताका बाँकी काम टुंग्याउनका लागि भन्दै उनले पाएको जिम्मेवारीमा उनी असफल हुन्छन् वा सफल यो समयले बताउँने छ ।  पहिलो परीक्षा त प्रचण्डले कहिले बैठक बोलाउँछन् त्यहीबाट सुरु हुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : २० बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी