बढी नुनिलो खानाले निम्तने स्वास्थ्य खतरा | Khabarhub Khabarhub

बढी नुनिलो खानाले निम्तने स्वास्थ्य खतरा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीव्रोको काम स्वाद थाहा पाउने । अनि त्यही जीब्रोले मीठो मानेको चीज मानिसले खोजी खोजी खानुपर्ने । अर्थात जीब्रोको स्वाद तृष्त पार्न मानिस दौडाहामा निस्कन्छ ।

कसैलाई गुलियो, कसैलाई अमिलो त कसैलाई नुनिलो स्वाद मनपर्छ । हरेक स्वाद एउटा हदसम्म ठीकै हुन्छ, त्यो भन्दा बढि भयो भने त्यसले समस्या निम्त्याउन सक्छ ।

हामी मध्ये कतिपय चर्काे नुनको सेवन गर्दछौ तर के तपाईलाई थाहा छ, नुनको मात्रा बढी भयो भने त्यो हानिकारक हुने गर्दछ? अत्यधिक नुन सेवन गर्ने ब्यक्तिको शरीरमा समस्या निम्तिने गर्दछ । नुनको सेवनले हुने हानि यस्ता छन् :

१. शरीरमा नुनको मात्रा बढी भएमा शरीर सुन्निने तथा आलस्य बढ्ने ।
२. शरीरमा पानीको मात्रा कमी हुने तथा निश्चित अंगमा पानी जम्मा हुने ।
३. मिर्गौलाको पत्थरी, हाई ब्लड प्रेसर, अल्सर लगायतको गम्भीर रोग निम्तने ।

कसरी जोगिने

यदि तपाई अत्यधिक नुनको सेवन गर्दै हुनुहुन्छ भने त्यसलाई बिस्तारै नियन्त्रण गर्नुहोस् । पकाएका खानेकुरामा पछिबाट नुन छर्केर नखानु होस् । यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ । फास्टफुड र जंकफुड लगायतका बजारका खाना तथा खाजा कम खानुहोस् । घरमै बनाएरको खाना मात्र खानुहोस् । खानामा खुसार्नी, जाइफल, धनियाँ, अदुवाको मिश्रण खाने गर्नुहोस् । यस्तो मसलाले बढी नुन खाने बानी छुटाउछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका