स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान | Khabarhub Khabarhub

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगापुर प्रस्थान गरेका हुन् ।

दुईसाता अघि स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका ओली थपउपचारका लागि सिंगापुर गएका हुन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा नरोकिएपछि विशेष औषधिउपचारका लागि आज सिंगापुर गएका हुन् ।

मिर्गौला रोग विशेषज्ञ चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको क्रियाटिटन बढ्नुको अर्थ मिर्गौला पुनः विग्रनु हो ।

डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो,’ डा काफ्लेले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रधानमन्त्रीको प्रत्यारोपण गरेको मिर्गौलामा पुनः खराबी आउन थालेकाले उहाँलाई सिंगापुर लान तयारी भएको हुनसक्ने डा काफ्लेको भनाइ छ । प्रधानमन्त्री ओलीको मिर्गौला जोगाउन विशेष प्रकारको उपचारका लागि सिंगापुर जान लागेको हुनसक्ने डा आफ्ले बताउँछन् ।

डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो,’ डा काफ्लेले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  २ : ०० बजे

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति