पढ्नकै लागि दैनिक २ सय युवा विदेसिँदै | Khabarhub Khabarhub

पढ्नकै लागि दैनिक २ सय युवा विदेसिँदै


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर विदेशमा पढन जाने विद्यार्थीको तथ्यांक बढेको देखिएको हो । विभिन्न देश ३ लाखभन्दा धेरै नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा प्रवेश गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तंथ्याकमा उल्लेख छ ।

८ वर्षयता ३ लाख २३ हजार ९ सय ७२ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख गिरमान थापाले जानकारी दिए । गत आर्थिक वर्षमा ६३ हजार ३ सय ५९ जनाले विभिन्न देश अध्ययन गर्ने जाने अनुमति लिएको शाखाको तंथ्याकमा उल्लेख छ ।

आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए। यो संख्या बढेर गत आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ६३ हजार २ सय ५९ जना पुगेको शाखाको तंथ्याकमा उल्लेख छ । यो अवधिमा विदेश अध्ययन गर्ने जाने विद्यार्थी संख्या ७ गुणाले वृद्धि भएको शाखाले जनाएको छ ।

अध्ययनमा गएका विद्यार्थी अध्ययन पुरा गर्छन कि गदैन् भने विषयमा सरकार बेखबर छ । अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन । अध्ययनका लागि गएका विद्यार्थीको अवस्था कस्तो छ भने विषयमा सरकार अनविज्ञ छ ।

शाखाको पछिल्लो ८ वर्षयताको तंथ्याक हेर्दा अहिले औसतमा दैनिक २ सय नेपाली विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने गरेका छन् । नेपाल सरकारसँग अनुमति लिएर ६९ देशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

विगत ८ वर्षदेखि अध्ययनका लागि विदेसिने नेवाली विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दै गएको शाखा प्रमुख थापाले बताए । स्वदेशमा अध्ययन गर्ने विश्वविद्यालय हुँदा पनि विदेश जाने मोह बढ्दै गएको उनको भनाइ छ । एक दर्शकमा अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्यामा उच्च बृद्धि भएको शाखा प्रमुख थापाको बुझाई छ ।

अस्ट्रेलिया र जापानसहित १५ देश मुख्य रोजाईमा

नेपाली विद्यार्थीले अध्ययनका लागि सबैभन्दा धेरै अस्ट्रेलियालाई रोज्ने गरेका छन् । ८ वर्षमा करिब ४० प्रतिशत विद्यार्थीले अस्ट्रेलियाका लागि अनुमति लिएको शाखाले जनाएको छ । यो अवधिमा ८० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाईमा जापान परेको छ ।

गत वर्षमा ६३ हजार विद्यार्थी अध्ययनका लागि जापान पुगेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ५६ हजार २ सय १६ जनाले अध्ययनका लागि विदेसिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा १० हजार धेरै गत आर्थिक वर्षमा अध्ययनका लागि विदेसिएको शाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा अस्ट्रेलियापछि जापान पढ्न जानेको संख्या थियो । गत आर्थिक वर्षमा ३६ हजार ३ सय २४ विद्यार्थीले अस्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि ८ हजार ५ सय २३ जना विद्यार्थीले अनुमति लिएका थिए ।

अन्य देशको तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढाईसँगै काम पनि गर्न पाउने भएकाले अस्ट्रेलिया र जापान जान रुचाउने विद्यार्थीको संख्या बढ्न थालेको छ ।

कुन देश जाने कति ?

गत आर्थिक वर्षमा अस्ट्रेलिया ३६ हजार ३ सय २४, जापान ८ हजार ५ सय २३, भारत २ हजार ५९, साइप्रस २ हजार ३ सय २, चीन १ हजार ८ सय ८१, क्यानडा १ हजार ६ सय ७१, अमेरिका १ हजार ४ सय, न्युजिल्यान्ड १ हजार ३ सय ८५, दक्षिण कोरिया १ हजार १ सय ९८, युएई ८ सय ४१, फ्रान्स ७ सय ८६, बंगलादेश ६ सय २८ जर्मन ५ सय १६, थाइल्याण्ड ५ सय १२, बेलायत ३ सय ४६, पोल्याण्ड ३ सय ४६, माल्टा ३ सय ३९ र २ सय ५० जना डेनमार्क पुगेका छन् ।

अन्य देशको तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढाईसँगै काम पनि गर्न पाउने भएकाले अस्ट्रेलिया र जापान जान रुचाउने विद्यार्थीको संख्या बढ्न थालेको हो ।

नेपाली विद्यार्थी ६९ देशमा

अध्ययनका लागि नेपाली विद्यार्थी ६९ वटा देश पुग्ने देखिएको छ । सरकारले हालसम्म ६९ देशमा अध्ययन अनुमति जारी गदै आएको छ । भारत, अस्ट्रेलिया, जापान, साइप्रस, क्यानडा, चीन, अमेरिका, बंगलादेश, श्रीलंका, स्वीडेन, इस्टोनिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, पोल्याण्ड, जर्मन, डेनमार्क, न्यूजिल्याण्ड, इटाली, ओमान, आयरल्याण्ड,, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिकालगायतका ६९ मुलुकमा अनुमति लिएर नेपाली विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयले जनाएको छ । यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनलयागतका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् ।

यस्तै, किर्गिस्तान, बेल्जियम, स्वीट्जरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरब, लिथेयोनिया, इजिप्ट, उत्तर कोरिया, हङकङ, अस्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रीलंका, रुस, ग्रीस, इजरायल, क्राएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, टर्की र माल्दिभ्स लगायतका देशमा पनि अध्ययन गर्ने विद्यार्थी जाने गरेको शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस्तै नेपाली विद्यार्थी युक्रेन, रोमानिया, बु्रनाइ, भियतनाम, स्कटल्यान्ड पनि पुग्ने गरेका छन् ।

 नेपाली विद्यार्थीले नयाँ नयाँ शैक्षिक गन्तव्य पनि खोज्न थालेका छन् । कम लागतमा पढ्न सकिने तथा भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने गन्तव्य विद्यार्थीको रोजाइमा छ ।

पढ्न गएका विद्यार्थी बारे सरकार बेखबर

विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी र स्वास्थ्यलगायतका विषय अध्ययनका लागि नेपाली विद्यार्थी ठुलो संख्यामा विदेश जाने गरेका छन् । अध्ययनका लागि विभिन्न देशका विश्वविद्यालयमा पुग्ने नेपाली विद्यार्थी पढाइसकेपछि स्वदेश फर्कन्छन् वा उत्तै रोजगारी गदै बस्छन् भने तंथ्याक सम्बन्धीत निकाय शिक्षा मन्त्रालयसँग छैन ।

अध्ययनमा गएका विद्यार्थी अध्ययन पुरा गर्छन कि गदैन् भने विषयमा सरकार बेखबर छ । अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन । अध्ययनका लागि गएका विद्यार्थीको अवस्था कस्तो छ भने विषयमा सरकार अनविज्ञ छ । प्राय अध्ययनका लागि विदेश गएका विद्यार्थी स्वदेश नफर्कने गरेका छन् ।

पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीले नयाँ नयाँ शिक्षा गन्तव्यको खोजी थालेको शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ४५ बजे

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै अर्जुनधारा जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार