सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गरिने | Khabarhub Khabarhub

सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गरिने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको छ । नेपाल–भारतका समग्र विषय समेटिएका ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैगारगीले जानकारी दिए ।

दुई पक्षबीच रामायण र बुद्धिष्ट सर्किट तत्काल विकास गर्ने, दुई पक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ ।

बैठकमा नेपाल र भारतबीच पाँच फरक फरक ‘क्लस्टर’ बनाएर तीन दर्जनभन्दा बढी संयन्त्रले तयार पारेको विभिन्न विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीस्तरीय भ्रमणका समयमा भएका समझदारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

छलफल राजनीति, सीमा सुरक्षा/सिमांकन, व्यापार /पारवहन, उर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुई पक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन ईपीजीकै सचिवालयमार्फत दुवै देशका प्रधानमन्त्रीलाई तत्काल बुझाइने भएको छ ।

बैठकमा सहभागी एक अधिकारकी अनुसार नेपाली पक्षले ईपीजी प्रतिवेदन समीक्षासँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, गण्डक, सीमामा हुने डुबान लगायतका विषयलाई विशेष महत्व दिइएको थियो ।

भारतले नेपाली सीमा नजिकसम्म साना पानी जहाज ल्यान प्रयोग गरिरहेको ‘क्यानल’को विषयमा पनि छलफल भएको सहभागीले बताए ।

कोशी उच्च बाँध र सुनकोसी कमला डाइभर्सन विवादलाई विज्ञ टोली गठन गरेर भए पनि समाधन गर्ने विषयमा छलफल भएको थियो ।

आयोग गठन भएको २२ वर्षपछि २०७१ साउनमा तेस्रो बैठक बसेको थियो । दुई पक्षबीच त्यसपछिका सहमति र २०७३ कात्तिकमा दल्लीमा भएको आयोगको चौथो बैठकले अघि बढाएको विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : १० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले