भारतीय विदेशमन्त्री जयशंकरको आजको कार्यतालिका | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयशंकरको आजको कार्यतालिका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकर औपचारिक तथा अनौपचारिक भेटवार्तामा व्यस्त छन् ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि जयशंकर बिहान साढे १० बजे राष्ट्रपति भवन शीलत निवास पुग्नेछन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हीतका विषयमा छलफल हुनेछ । साथै नेपाल भारत सम्बन्धलाई मजबुद बनाउन भएका पहल, भारतले नेपाललाई गरेको सहयोगका विषयमा पनि कुराकानी हुने दूतावासले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा आपसी हीत र दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । विदेशमन्त्री जयशंकरको सम्मानमा समकक्षी प्रदीप ज्ञवालीले बेलुका ७ बजेदेखि रात्रिभोजको आयोजना गरेका थिए ।

२ दिने भ्रमणका लागि नेपाल आएका जयशंकर आजै स्वदेश फर्कने छन् । उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्ने कार्यतालिका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ४४ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा