नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो । तर समय अभावका कारण बैठक आज सम्मका लागि स्थगित भएको छ । सकेसम्म हिजोका विषयलाई आज टुंग्याइने छ ।’

माधव नेपालको असहमति बारे छलफल भएन

यसैबीच नेकपा नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रका विषयमा पार्टीमा कुनै छलफल नरहेको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन । ‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी बताए ।

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका छन् । उनले केही निर्णय सच्याउन माग पनि गरेका छन् ।

श्रेष्ठले भने, ‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ५७ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित