हेलिकोप्टरबाट सुत्केरीको उद्धार | Khabarhub Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- पाँचथरको तुम्बेवा गाउँपालिका–४ की सुत्केरी २० वर्षीया रुपा लिम्बूको हेलिकप्टरमा उद्धार गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले जिल्ला प्रशासन कार्यालयमार्फत पहल गरी उनलाई उपचारका लागि हेलिकप्टरमा कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिए ।

सुत्केरीको अवस्था जटिल भएकाले हेलिकप्टरमा उपचारका लागि पठाइएको हो । सरकारको दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरीको उद्धार गर्ने कार्यक्रमअनुसार लिम्बूको उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि गाउँपालिकाको सिफारिसमा उनलाई उपचारका लागि पठाइएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ०० बजे

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये