इरानद्वारा सीआईएका १७ जासुस पक्राउ गरेको दाबी | Khabarhub Khabarhub

इरानद्वारा सीआईएका १७ जासुस पक्राउ गरेको दाबी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव उत्कर्षमा रहेका बेला इरानले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि काम गर्ने १७ जासुसलाई पक्राउ गरिएको घोषणा गरेको छ ।

सोमबार इरानको राज्यसञ्चालित सञ्चरमाध्यमले सीआईएका १७ जासुसलाई पक्राउ गरी केहीलाई मृत्युदण्ड दिइएको जनाएको हो । उनीहरुलाई गत मार्च भन्दा १२ महिनाअघि सम्म पक्राउ गरिएको जनाइएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले सीआईएका जासुसलाई पक्राउ गरिएको समाचार असत्य रहेको जनाएका छन् ।

गत शुक्रबार इरानले हर्मुजको स्ट्रेटबाट बेलायती पानीजहाजलाई नियन्त्रणमा लिएयता मध्यपूर्वमा तनाव उत्कर्षमा रहेका बेला इरानको पछिल्लो घोषणा आएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका