स्ट्रेट अफ हर्मुज पानीजहाज प्रकरण : बेलायती प्रधानमन्त्रीद्वारा आकस्मिक कोब्रा बैठक | Khabarhub Khabarhub

स्ट्रेट अफ हर्मुज पानीजहाज प्रकरण : बेलायती प्रधानमन्त्रीद्वारा आकस्मिक कोब्रा बैठक


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती प्रधानमन्त्री टेरिजा मेले इरानले बेलायती ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आकस्मिक कोब्रा बैठक डाकेकी छिन् ।

गत शुक्रबार इरानले बेलायती ध्वजावाहक स्टेना इन्पेरो नामक तेल बोकेको पानीजहाज कब्जामा लिएपछि प्रधानमन्त्री मेले कोब्रा क्याबिनेटको आकस्मिक बैठक डाकेकी हुन् । उनका प्रवक्ताले इरानको कदम अस्वीकार्य रहेको टिप्पणी गरेका छन् भने बेलायती विदेशमन्त्री जेरेमी हण्टले पनि इरानलाई उक्त पानीजहाज तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

यसैबीच बेलायतले इरानको सम्पत्ति रोक्का गर्ने विषयमा पनि विचार गरिरहेको समाचार सार्वजनिक भएको छ । बेलायतले इरानको सम्पत्ति रोक्का गरेको खण्डमा उसैपनि अमेरिकी नाकाबन्दीका कारण ओरालो लागिरहेको इरानको अर्थतन्त्र अझ कमजोर हुनसक्ने बताइएको छ ।
त्यसबाहेक इरानले बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएसँगै उत्पन्न परिस्थितीबारे बेलायत सरकारले संसद्मा इरानविरुद्ध चाल्ने सम्भावित कदमबारे प्रस्ताव गरिने जनाइएको छ ।

हर्मुजको स्टे«ट जलक्षेत्रबाट शुक्रबार इरानले नियन्त्रणमा लिएको उक्त पानीजहाज हाल इरानको बन्दर अब्बास बन्दरगाहमा रहेको बताइएको छ । उक्त पानीजहाजमा रहेका १८ भारतीय कर्मचारीलाई रिहा गर्न भारतले यसअघि नै इरानसमक्ष आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ४७ बजे

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ