जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग | Khabarhub Khabarhub

जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासामिची साईगोको उपस्थितिमा जाईका, नेपालकी प्रमुख प्रतिनिधि यूमिको आसुकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच ती दुई परियोजना कार्यान्वयनका लागि ६३ करोड ९९ लाख अनुदान सहायता प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जापानले सन् २०१५ बाट नेपालमा सहायता उपलब्ध गराउँदै आएको ती दुई परियोजनामा थप ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थसचिव खनालले जानकारी दिए ।

नेपालका लागि जापानका राजदुत मासामिचीले नेपालको दीगो विकासका लागि शिक्षा तथा मानव संशाधन विकासको क्षेत्रमा संचालित परियोजनालाई आर्थिक सहायता उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको बताए ।

जापानले नेपालको दिगो विकासका लागि पूर्वाधार, शिक्षालगायतका क्षेत्रका आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३६ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५