नेपाल–जर्जिया चेम्बरबीच लगानी प्रवर्द्धनमा समझदारी | Khabarhub Khabarhub

नेपाल–जर्जिया चेम्बरबीच लगानी प्रवर्द्धनमा समझदारी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा द्विपक्षीय समझदारी भएको छ ।

जर्जियाका उप विदेशमन्त्री एलेक्जेन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्विपक्षीय व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा समझदारी गरिएको हो ।

दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायिक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिकसम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने पनि सो समझदारी पत्रमा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । उनले आवश्यक ऐन, कानुनको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न पनि जर्जियाका उद्योगीहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : १५ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो