प्रहरीका असई ३५०० घुससहित पक्राउ « Khabarhub

प्रहरीका असई ३५०० घुससहित पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बगाहस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् ।

हार्डवेयरका सामानको बिक्री गर्ने व्यवसायीबाट लिएको ३ हजार ५ सय रुपैयाँ घुससहित असई प्रेमबहादुर थापा पक्राउ परेका हुन् ।

असई थापाले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

थापालाई घुस रकम लिइसकेको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ मा रहेको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका असई थापामाथि थप अनुसन्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०२ बजे

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

भीम रावलको प्रश्न- सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति परित्याग गरेको हो ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

भक्तपुर– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै 

धनगढी– सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च