ललितपुर क्षेत्रमा दुई–तीन दिन भित्रै खानेपानीको आपूर्ति सहज हुन्छः केयुकेएल | Khabarhub Khabarhub

ललितपुर क्षेत्रमा दुई–तीन दिन भित्रै खानेपानीको आपूर्ति सहज हुन्छः केयुकेएल


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण प्रभावित बनेको खानेपानी वितरणको कामलाई सुचारु गरिरहेको जनाएकाे छ ।

हाल ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भइरहेको केयुकेएलले जनाएको हो । बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन ।

ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिएको हो ।

बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पुर्‍याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो । केयुकेएलको ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्यांकीमा पानी खसाल्ने काम सकिएको जानकारी दिए ।

‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भएपनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं, शाखा प्रमुख चापागाईंले भने, ‘उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पुर्‍यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

बाढीले क्षति पुर्‍याएको मुहान र पाइपलाईनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले बाढीबाट मुहान र पाइपलाईनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिए ।

केयुकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न सहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : ५१ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल