भारतको चन्द्र अभियान चन्द्रयान–२ केहिबेरपछि प्रक्षेपण गरिँदै | Khabarhub Khabarhub

भारतको चन्द्र अभियान चन्द्रयान–२ केहिबेरपछि प्रक्षेपण गरिँदै


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गर्दैछ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिनेछ ।

यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले शनिबार नै चन्द्रयान–२ को प्रक्षेपणको सबै तयारी पूरा भएको जनाएको छ । यसअघि चन्द्रयान–२ मा देखिएको सबै प्राविधि गडबडी सुधारिएको इसरोले जनाएको छ ।

चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखका दिन चन्द्रमामा पुग्ने बताइएको छ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान–२ ले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।

सूर्यको प्रकाश बढी भएको चन्द्रमाको क्षेत्रमा यो चन्द्रयान–२ ले अवतरण गर्नेछ । उक्त क्षेत्रमा सेप्टेम्बर २१ देखि सूर्यको प्रकाश कम हुँदै जाने भएकाले उक्त समयभन्दा १५ दिन अगावै चन्द्रयान–२ चन्द्रमामा पुग्नु पर्ने छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  २ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०