अपराधका घटनामा वैज्ञानिक परीक्षण गर्ने विधि विज्ञान प्रयोगशालालाई भवनको अभाव | Khabarhub Khabarhub

अपराधका घटनामा वैज्ञानिक परीक्षण गर्ने विधि विज्ञान प्रयोगशालालाई भवनको अभाव


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशाला अहिले छुट्टै स्वायत्त संस्था छ । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा स्थापित भएपनि यसको आफ्नै भवन भने छैन ।

प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्य सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको बताउँछन् । तर, जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको अभाव रहेको छ ।

सरकारले प्रयोगशालामा गत आर्थिक वर्षमा मात्रै ९ जना प्राविधिक जनशक्ति पठाएको थियो । नयाँ आएका कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्य भन्छन्, ‘भवन नभएपछि हामीले गर्ने काममा प्रत्यक्ष असर परिरहेको छ ।’

निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको बताए । प्रयोगशाला अहिले रहेको भवनसमेत प्रतिष्ठानको नाममा छ । ‘जग्गा उपलब्ध भएपछि हामी भवन निर्माण गर्ने छौं,’ शाक्यले भने ।

प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डीएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ३६ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो