दूधमा मिसवाट छ कि छैन ? यसरी घरमै जाँच्नुहोस् | Khabarhub Khabarhub

दूधमा मिसवाट छ कि छैन ? यसरी घरमै जाँच्नुहोस्


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य जीवनका लागि दूध निकै उपयोगी हुन्छ । वालबालीका, वृद्ध र युवायुवतीले दुधको नियमित सेवन गर्दा फाइदा पुग्छ ।

क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभई नहुने हुन्छन् ।

विभिन्न अध्ययनहरुका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौ ।

जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यहि क्याल्सियमको करण हड्डी र दातलाई बलियो बनाउन सहयोग पुग्दछ ।

दुधको नियमित सेवनले उमेर बढ्दै जाँदा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

तर त्यसका लागि सुद्ध दुधको पिउन आवश्यक हुन्छ । आजभोलि बजारमा पाइने दुधमा अखाद्यय पदार्थ, धेलो दुध, पाउडर लगायतका पदार्थ मिसिएको पाउन सकिन्छ ।

त्यसैलै सबैको भान्सामा पुग्ने दुध कत्तिको शुद्ध छ भनेर जान्नु उपयुक्त हुन्छ । यसका लागि प्राविधिक परीक्षण आवश्यक हुन्छ तर सामान्यरुपमा आफैंले पनि दूधको जाँच गर्न सकिन्छ । त्यसका लागि केही विधी यहाँ उल्लेख गरिएको छ ।

सुँघेर सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेर थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेर नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

रंग हेरेर सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।

फिँजअनुसार कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् ।

एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : २२ बजे

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय