लागुऔषध ओसार–पसारमा संलग्न एक पक्राउ | Khabarhub Khabarhub

लागुऔषध ओसार–पसारमा संलग्न एक पक्राउ


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– लागुऔषध ओसार–पसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको लहान नगरपालिका–२३ का १८ वर्षीय भरत यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सत्रुधन चोकबाट पक्राउ परेका यादवको साथबाट नुर्फिन २९ थान, फेनारागन ५१ थान, डाइजेल्याप ५० थान, नाइट्रोभेट ६ सय थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई खानतलासीका क्रममा सो लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ११ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०