नयाँ अमेरिकी रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त | Khabarhub Khabarhub

नयाँ अमेरिकी रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई रक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।

इरानसँग विवाद चलिरहेका बेला एस्परलाई राष्ट्रपति ट्रम्पले रक्षामन्त्री नियुक्त गरेका हुन् । रक्षामन्त्री एस्पर यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए ।

गत डिसेम्बर महिनामा तत्कालिन अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएपछि पेट्रिक सनहनले कार्यवाहक रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । केही अघिमात्र पारिवारिक कारणले कार्यवाहक रक्षामन्त्री सनहनले पद त्यागेका थिए ।

सन् १९९१ को खाडी युद्धमा समेत संलग्न एस्परसँग लामो सैनिक अनुभव रहेको बताइन्छ ।

रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ