युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय | Khabarhub Khabarhub

युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा परे ।

युरोपको चक्करमा लागेर करीब २० लाख डुवाएका बानियाँले सानो लगानीमा शुरु गरेको पशुपालनबाटै कमाइ गर्न सफल भएका छन् । तीन वर्ष अगाडि तीन लाखको लगानीमा घरमै पशुपालन शुरु गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जमेका छन् ।

स्थानीय र उन्नतजातका पाँचवटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री गर्ने गरेको बानियाँले बताए। तीन लाखबाट पशुपालन शुरु गरेका बानियाँको लगानी रु १० लाख पुगेको छ । “विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु । घरमै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुन्छ”, बानियाँले भने ।

उनका अनुसार डेरीमा प्रतिलिटर रु ७० र घरायसी प्रयोजनका लागि प्रति लिटर रु १२० सम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालन समेत गरेका छन् । विदेश जाने लगानीले घरमै एउटा उन्नतजातको भैँसीबाट मासिक राम्रो कमाइ गर्न सकिने बानियाँको भनाइ छ । परिवारको सहयोगमा पशुपालन गरिरहेका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्ने गर्ने गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  २ : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले