‘हिमाल चढ्न मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ’ | Khabarhub Khabarhub

‘हिमाल चढ्न मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ’



काठमाडौं-पर्वतारोहणको तीब्र अभिलाषा र जीवनका हरेक आयामलाई अझ सुन्दर बनाउने चाहना-यी दुई शक्तिले ३९ वर्षे आरोही मोजिज फिआमोन्चिनीलाई अघि बढ्ने प्रेरणा दिइरहेको छ।

६ वर्षसम्म पोर्चुगलको बसाईपछि यी पूर्व व्यापारिक प्रशासकले संसारलाई नजिकबाट नियाल्ने निधो गरी आफ्ना झिटिगुण्टा बोकेर निस्के।

संसारलाई अझ नजिकबाट नियाल्ने उनको अभियान निरन्तर जारी छ। सोही अनुसार उनले हालसम्म ८० भन्दा धेरै मुलुकको भ्रमण गरिसकेका छन् भने बेलायत, क्यानाडा, फ्रान्स र नेपालमा बसोबास गरिसकेका छन्।

कोही मानिसले सक्नेजति र भ्याएसम्मका सबै हिमाल उनले आरोहण गरिसकेका छन्। विभिन्न मुलुकको भ्रमण, विभिन्न क्षेत्रको अनुभवसँगै उनका हितौषीहरु पनि धेरै नै छन्।

दक्षिण अमेरिकी मुलुक ब्राजिलको पाराना राज्यमा जन्मेका उनको प्रकृतिप्रति निकै लगाव छ। उनी योग, साधना र अध्ययनप्रति पनि उत्तिकै रुची राख्छन्। नयाँ स्थानको लोकसंस्कृति तथा भोजन संस्कृतिबारे पनि उनी उत्तिकै चासो राख्ने गर्छन्।

उनले अघिल्लो वर्षको सेप्टेम्बर महिनामा विश्वका आठौं अग्लो शिखर मनास्लुको सफल आरोहण गरिसकेका छन् भने यसै सिजनको मे २३ मा सगरमाथाको पनि आरोहण गरिसकेका छन्।

उनले कोही सहयोगी र अक्सिजनको सहाराबिनै ल्होत्से हिमालको आरोहण गरिसकेका छन्।
बाल्यकालमा सुनेका पराक्रम र सहासका अनेक रोचक कहानीहरु उमेर बढ्दै गएपछि सामान्य लाग्दै जान्छन्।

जीवनका त्यस्ता केहीक्षण हुन्छन्, जसले जीवनभर गहिरो छाप छाड्ने गर्छ। हाम्रा जीवनयात्राका गहन अनुभवले आफ्नै जीवन तथा आफ्ना नजिकका मानिसहरुलाई प्रभाव पारिरहेको हुन्छ।

मोजिज फिआमोन्चिनीको कहानी पनि त्यस्तै छ। सानै उमेरदेखि नै उनको सहासिक जीवन जीउने र नयाँ ठाउँको खोजी गर्ने उनको धोको थियो। उनको त्यो धोको विश्वको आठौं अग्लो शिखर मनास्लु आरोहण गरेपछि पूरा भएको थियो। उनी भन्छन्, ‘म सानै थिएँ, सायद मेरो उमेर त्यसबेला १० वर्षको थियो होला मैले मेरा केही साथीहरुलाई भेला पारेर मेरा घरनजिकको पहाड आरोहण गर्ने अभियान थालेको थिएँ।

जब म त्यस पहाडको चुचुरोमा पुगेँ, मलाई त्यो क्षितिज पारी के होला भन्ने जिज्ञासा शुरु भयो। त्यही बेला मलाई यात्री बन्ने रहर जाग्यो।’

उमेर बढ्दै गएपछि पनि उनलाई त्यस अभिलाषाले छाडेन। कार्यालयमा काम गरिरहेका बेला पनि यात्रा गर्ने चाहनाले उनलाई सताइरहेको हुन्थ्यो। उनी कार्यालयका कामबाट मुक्त भएर आफ्नो अभिलाषा पूरा गर्ने ध्याउन्नमा हुन्थे।

जीवनमा सोचेजस्तो केही पनि हुन्न। तैपनि सन् २००८ मा उनले आफ्नो बाल्यकालको सपनालाई पूरा गर्न अघि बढ्ने निर्णय गरे। उनले यात्री र पर्वतारोही बन्ने लक्ष्य लिन शुरु गरे। समयक्रमसँगै उनले विभिन्न मुलुकको भ्रमण गरे, नयाँ नयाँ सँस्कृतिको अनुभव गरे।

उनी गुम्बामा समेत बसे। पदयात्रा गरे, समुद्री छालमा रमाए र अन्त्यमा सन् २०१८ मा मनास्लुको आरोहण गरे।

समयक्रमसँगै उनले विश्वभर आरोहण र पदयात्राको अनुभव संगालेका छन्। उनले विश्वका अति दुर्गम क्षेत्रको पनि भ्रमण गरेका छन् र विविध संस्कृतिको अनुभव गरेका छन्। उनी लापरवाही र अव्यवस्थित छैनन्। उनको अव्यवस्थित गन्तव्यको यात्रा भने एकदमै व्यवस्थित हुने गरेको छ।

उनी यात्री हुन् तैपनि उनको यात्राका क्रममा कुनै निश्चित बाटो र गन्तव्य हुँदैन। उनी आधुनिक जीवनशैलीका फिरन्ते हुन्। उनले आफ्नो यात्रा शुरु गरेको ११ वर्ष भइसकेको छ।

उनको आफ्नो घर छैन, उनका लागि यो असिम ब्रह्माण्ड नै उनको घर हो। उनी भन्छन्, ‘कुनै फगत कल्पनाले मात्रै तपाईलाई हिमाल चढ्ने प्रेरणा दिँदैन। हिमाल चढ्न ठूलो मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ।’

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १० : ०६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन