नेकपा सचिवालय बैठक आज : सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक आज : सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बालुवाटारमा बस्ने बैठकमा शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्डामा बैठक केन्द्रित हुनेछ ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल भएको छ । शुक्रबार दिउँसो दुई घन्टासम्म भएको छलफलले शनिबारदेखि शुरु हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय गरेको हो ।

आजको सचिवालय बैठकमा सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पेस भई पारित गर्ने एजेन्डा राखिएको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा पार्टीको सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुनेछ ।

शुक्रबार भएको अध्यक्षद्वयको छलफलले पार्टीको सिद्धान्त कस्तो हुने भन्ने विषयसमेत टुंग्याएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए ।

राजनीतिक सिद्धान्तको विषयले लामो बहस बढ्ने भन्दै दुवै अध्यक्षले रानीतिक प्रतिवेदन सार्वजनिक गरेपछि कार्यविभाजनको मापदण्डमा छलफल हुनेछ । पार्टीभित्र कार्यविभाजनको विषयलाईसमेत लिएर नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्न दुबै अध्यक्ष सहमत भएका छन् ।

केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्यविभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ । मापदण्डका विषयमा भने अध्यक्ष दाहालले नेताहरूको सक्रियता र कामका आधारमा जिम्मेवारी दिँदा कतिपयलाई दोहोरो जिम्मेवारी भए पनि फरक नपर्ने बताउँदै आएका छन् ।

गत वर्ष जेठ ३ गते एकीकरण भएको नेकपाले अझै एकताका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ०५ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न