म्याथ्युजले ८५ रन जोड्दा इंग्ल्याण्ड पराजित | Khabarhub Khabarhub

म्याथ्युजले ८५ रन जोड्दा इंग्ल्याण्ड पराजित


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड श्रीलंकासँग पराजित भएको छ । शुक्रबार राति सकिएको खेलमा इंग्ल्याण्ड श्रीलंकासँग २० रनले पराजित गरेको हो ।

२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले ८२, जोए रुटले ५७ तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले चार, धनन्जय डी सिल्भाले तीन तथा इसुरु उडानाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन जोड्यो । उसका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ८५ रन बनाए ।

यस्तै अभिषेक फर्नान्डोले ४९, कुशल मेन्डिजले ४६ र धनन्जय डी सिल्भाले २९ रन जोडे । अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए । अदिल रशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ४३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६