सुरुङमा फसेका मजदूर भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो | Khabarhub Khabarhub

सुरुङमा फसेका मजदूर भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल निस्किन सफल भए । थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २ बजेपछि बाहिर निस्किएको उनीहरूले बताएका छन्। सुरक्षाकर्मीको योजना भने बिहान ६ बजे उद्धार गर्ने थियो। सुरुङमा थुनिएका निमा सेदर तामाङले कष्टकर बसाइका बारेमा गरेको कुराकानी नयाँ पत्रिकाले छापेको छ ।

कुराकानीका क्रममा उनले भनेका छन्-साँझ खाना खाएर साथीहरू सबै टनेलमा छिर्‍यौँ। काम शुरु गरिसकेका थियौँ। बाहिर अँध्यारो भइसकेको थियो। एक्कासि ठूलो आवाज आयो, ब्लास्ट गरेजस्तो। बत्ती झ्याप्पै गयो। सुरुङभित्र पूरै अन्धकार भयो ।

बाहिर पहिरो गइरहेको सजिलै थाहा हुन्थ्यो। धेरै डर लाग्यो। परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने पनि लाग्यो। सबै एकै ठाउँमा जम्मा भएर बस्यौँ। पालैपालो मोबाइलको लाइट बालेर उज्यालो बनाएका थियौँ। थुनिएको केही घन्टासम्म बाहिर प्रहरीसँग रेडियो सेटमार्फत कुरा भएको थियो। उहाँहरूले सचेत भएर बस्नु, भोलि बिहान उद्धार हुन्छ भन्नुभएको थियो।

तर, साढे १ बजेतिर अक्सिजन अभाव भएको महसुस भयो। श्वास फेर्न गाह्रो हुन थाल्यो। त्यसपछि हामी नेपालीले अब बाहिर निस्किनुपर्छ भन्ने योजना बनायौँ। चिनियाँसँग कुरा राख्यौँ। तर, उनीहरूले हुँदैन भने। बाहिर जाने र नजाने भन्नेमा भित्रै चर्काचर्की पनि चल्यो। २ बजेतिर हामी चार नेपाली साथीले बाहिर निस्किने निष्कर्ष निकाल्यौँ।

भित्रै मर्नुभन्दा बाहिर निस्किनुपर्छ भन्दै अगाडि बढ्यौँ। त्यतिवेला बाहिर पहिरो खसेको आवाज पनि सुनिएको थिएन। हामी निस्किएपछि अरू पनि एक–दुईजना गर्दै पछिपछि आए। डरैडरमा सबैजना राति नै सकुशल बाहिर निस्किन सफल भयौँ। बाँचेर आयौँ, आफ्नै क्याम्पमा गएर बस्यौँ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : ०८ बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार