नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा ऐतिहासिक समझदारी | Khabarhub Khabarhub

नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा ऐतिहासिक समझदारी


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमूह बनाएर काम गर्ने समझदारी समेत बनेको छ । समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

मन्त्री पुनले उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताएका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन समेत आग्रह गरे ।

उनले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीसमक्ष प्रस्ताव गरे । उनले वैकल्पिक उर्जा र जलविद्युतको क्षेत्रमा निजी र सरकारी तह दुवैमा सहकार्य अघि बढाउने विषयमा समझदारी बनेको जानकारी दिए ।

अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे । उनले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘जलविद्युत र वैकल्पिक उर्जाको क्षेत्रमा हाम्रो राम्रो र लामो अनुभव छ । यो अनुभव हामी नेपालसँग समेत शेयर गर्न चाहन्छौ ।’ मन्त्री रेईचार्डटले हस्ताक्षर कार्यक्रममा भने ।

६० प्रतिशत उर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत विश्व प्रसिद्ध छ । अष्ट्रियामा एन्ड्रिजलगायतका विश्व प्रसिद्ध कम्पनी समेत छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : ३३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले