'पीएम कप' क्रिकेटका लागि मुलपानी मैदानको रुप फेरियो (फोटो फिचर) | Khabarhub Khabarhub

‘पीएम कप’ क्रिकेटका लागि मुलपानी मैदानको रुप फेरियो (फोटो फिचर)


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झण्डै १ दशक लामो प्रतिक्षापछि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको ‘मुलपानी क्रिकेट मैदान’मा शुक्रबारबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री कप क्रिकेट (पीएम कप क्रिकेट)को उद्घाटन यही मैदानमा हुनेछ ।

प्रधानमन्त्री कपकै लागि रातारात मैदान तयार पारिएको हो । अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण कार्य सम्पन्न भइनसक्दै राष्ट्रिय खेलकुद् परिषद्ले यो सिजनको ‘पीएम कप’ मुलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना गर्ने निर्णय गरेको थियो ।

सरकारले २०६७ सालबाट मूलपानीमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट मैदान बनाउन गुरुयोजना अगाडि बढाएको थियो । अझै पनि रंगशाला निर्माणको कार्य पूरा भइसकेको छैन । जग्गाको मुआब्जा विवादले मैदानको निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । तर, गत साउनमा मन्त्रिपरिषद्को निर्णयले जग्गाधनीलाई सट्टाभर्ना दिने भएपछि कामले गति लिएको हो ।

पीएम कपका लागि मुलपानी मैदान लगभग तयार भइसकेको आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)का क्यूरेटर अजय पाण्डेले बताएका छन् । मैदानको बाउन्ड्री ७५ मिटरको रहेको बताउँदै क्यूरेटर पाण्डेले भने, ‘हामीले प्रतियोगिताका लागि २ वटा ‘पिच’ बनाएका छौं । जसमा रोलर लाउने काम भइरहेको छ । खेलाडीहरुका लागि पिच राम्रो हुने अपेक्षा गरेका छौं ।’

मुलपानी मैदानमा सात वटा पीच निर्माण गरिएको भए पनि पीए कपमा २ वटा पिचमा खेलाइने छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : १६ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का