सेनाको कारबाहीमा अफगानिस्तानमा तीन लडाकु मारिए | Khabarhub Khabarhub

सेनाको कारबाहीमा अफगानिस्तानमा तीन लडाकु मारिए


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उत्तर अफगानिस्तानको बाल्ख प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानविरुद्ध सेनाले गरिरहेको सैनिक कारवाहीका क्रममा ३ लडाकु मारिएका छन् ।

बाल्ख प्रान्तका गाउँहरुमा रहेको तालिाबन लडाकुलाई लखेटी ती गाउँलाई मुक्त गर्ने अभियानअन्तर्गतको सैनिक कारवाहीका क्रममा अन्य २० जना घाइते भएका छन् । पछिल्लो सैनिक कारवाही अन्तर्गत तालिबान लडाकुका साथबाट हतियार तथा सवारीका साधन समेत बरामद गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

कारवाहीका क्रममा उक्त प्रान्तका ५ गाउँलाई तालिबान लडाकुबाट मुक्त गरिएको जनाइएको छ । पछिल्लो सैनिक कारवाहीमा सर्वसाधारण तथा सुरक्षाबलतर्फ भने कुनै मानवीय क्षति नभएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ५ : ४६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म