असाधारण प्रतिभा भएकालाई युएईमा गोल्डेन भिसा | Khabarhub Khabarhub

असाधारण प्रतिभा भएकालाई युएईमा गोल्डेन भिसा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिसा जारी गर्ने भएको छ ।

त्यहाँ सरकारले लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका स्वदेशी तथा विदेशी नागरिकका हकमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिसा कार्यक्रमको शुरूवात गरिएको हो ।

गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ भएका नागरिकलाई प्रदान गरिने भएको छ । यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले जारी गरिएको एक विज्ञप्तिमा भनेका छन् । ‘हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य पाहुना र विकासका सहयोगीका रुपमा लिएका छौं ।’

प्रधानमन्त्रीको पछिल्लो योजना खाडी मुलुकमा विदेशी लगानीकताका लागि ठूलो महत्वकांक्षी योजना रहेको छ । खाडीका देशमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रयोजन कार्यक्रम थियो । अब भने सुनौलो (गोल्डेन) भिसा कार्यक्रम लागू गरिने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : १५ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक