गायिकासँग फ्यानले ‘न्यूड’ तस्वीर मागेपछि... | Khabarhub Khabarhub

गायिकासँग फ्यानले ‘न्यूड’ तस्वीर मागेपछि…


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्टरनेटको दुनियाँमा सेलिब्रेटी निकै व्यस्त रहन्छन् । इन्टरनेटले फ्यानलाई सीधै सेलिब्रेटीसँग जोड्ने कारण कहिलेकाहीँ भने सेलिब्रेटीले पनि तनावको अवस्था झेल्नुपर्ने हुन्छ । अझ खासगरी महिलाले छोटो कपडामा तस्वीर शेयर गरेका तस्वीरमा त भद्दा कमेन्टको बाढी आउने गर्छ । यी सबै कुराको कलाकारले सामना गर्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालले सेलिब्रेटीसँग नजिक त बनाइदिएको छ तर कतिपयले यसको गलत फाइदा लिइरहेका हुन्छन् । हालै भारतकी एक गायिकामा पनि यस्तै घटना घटेको छ ।

गायिका चिनमदी श्रीपदालाई एम के द डन नामक एक युवाले न्युड तस्वीर शेयर गर्न भने । यस्तो अवस्थामा चुप बस्नुको साटो चिनमयीले यस्तो रिप्लाइ गरिन् कि, ती युवा केही बोल्दै सकेनन् ।

चिनमयीले न्युड लिपस्टिकको तस्वीर पठाउँदै लेखिन्, मलाई मन पर्ने केही न्युड । चिनमयीको यो रिप्लाइले ती व्यक्तिले एकाउन्ट नै डिलिट गरिदिए ।

सामाजिक सञ्जालमा महिला कलाकारका साथ यस्ता घटना घटिरहन्छन् । हालै महेश बाबुकी पत्नी नम्रता शिरोडकरले एउटा तस्वीर शेयर गरेकी थिइन् । तस्वीरमा उनी बिना मेकअप थिइन् । एक प्रयोगकर्ताले उनको तुलना क्यान्सरपीडितसँग गरिदिए ।
चिनमयीले तमिल लिरिसिस्टलाई पनि यौन शोषणको आरोप लगाएकी थिइन् । उनले यो घटना दबाउन धम्की आएको पनि बताएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ०२ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,