संसदमा गृहमन्त्रीले भने- मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ | Khabarhub Khabarhub

संसदमा गृहमन्त्रीले भने- मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् ।

संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ ।

मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका कार्यलालयले अनुसन्धानको काम गरिरहेको पनि गृहमन्त्रीले बताए ।

मन्त्री थापाले भने,‘मृतक १० जनाको शव पोष्टमार्टमका लागि विपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा राखिएको र घटनामा परी घाइते भएकी बालिकाको दमकमा उपचार भइरहेको छ ।’

‘आत्महत्या गरेको व्यक्तिको साथबाट एउटा खुकुरी समेत बरामद भएको छ,’ गृहमन्त्रीले भने, ‘ सरकारले अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।’

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले