सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखियो : अमेरिकी विदेश मन्त्रालय | Khabarhub Khabarhub

सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखियो : अमेरिकी विदेश मन्त्रालय


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका– अमेरिकाले सिरियामा जारी युद्धका क्रममा सिरिया सरकारले रासायनिक आक्रमण गरेको संकेत देखिएको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले जनाएअनुसार सिरिया सरकारले युद्धका क्रममा विषाक्त रासायनिक ग्याँस क्लोरिन र अन्य रासायनिक हतियार प्रयोग गरेको संकेत देखिएको छ ।

विदेश मन्त्रालयले सिरिया सरकारले हाल विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा जारी युद्धका क्रममा गत आइतबार यस्तो हतियार प्रयोग भएको संकेत देखिएको जनाएको हो । अमेरिकी विदेशमन्त्रालयका अनुसार यस्ता रासायनिक हतियारको प्रयोग भएकोबारे छानबिन भइरहेको र त्यो प्रमाणित भए अमेरिका र साझेदारले त्यसको कडा जवाफ दिने चेतावनी समेत दिनेछन् ।

त्यस्तै, अमेरिकाले सिरियामा जारी युद्धबारे दुष्प्रचार अभियान सञ्चालन गरेको भन्दै रुसको समेत आलोचना गरेको छ ।

पछिल्लो समय सिरिया सरकारले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा व्यापक सैनिक आक्रमण गर्दै आएको छ ।

यसअघि पनि सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लाग्दै आएको छ । तर, सिरिया सरकारले भने यस्ता कुनै हतियार प्रयोग नगरेको स्पष्ट पार्दै आएको छ ।

अमेरिकाले यसअघि सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै सिरियामा दुई पटक क्षेप्यास्त्र आक्रमण गरिसकेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ३५ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि