भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या | Khabarhub Khabarhub

भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य अरुणाचलमा एक सांसद, उनका छोरा र २ सुरक्षाकर्मीसहित ११ जनाको गोली हानी हत्या गरिएको छ ।

अरुणाचल प्रदेशको तिरप जिल्लाअन्तर्गत बोगपानी इलाकामा नेशनल पिपुल्स पार्टी (एनपीपी)का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो । अबो अरुणाञ्ल प्रदेशको खोंसा–पश्चिमको विधानसभा क्षेत्रबाट सांसद थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अबो असमबाट आफ्नो विधानसभा क्षेत्रमा खोंसा पश्चिम फर्किरहेका थिए । विहान करिब ११ बजेतिर तिरप जिल्लाको बोगपानी नजिक पुग्दा उनको गाडीमाथि आक्रमण भएको जनाइएको छ ।

गाडीमा सांसद अबोसहित उनका छोरा र २ प्रहरी थिए । उक्त हमलामा ११ जनाको ज्यान गएको जनाइएको छ ।

उक्त हमलामा नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएसपीएन)का आक्रमणकारी संलग्न रहेका त्यहाँको प्रहरीको भनाइ छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ५० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने