प्रहरीको कारबाहीमा विप्लव समूहका कार्यकर्ताको मृत्यु | Khabarhub Khabarhub

प्रहरीको कारबाहीमा विप्लव समूहका कार्यकर्ताको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भोजपुर– प्रहरीको गोली लागेर घाइते भएका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको मृत्यु भएको छ ।

मंगलबार अपराह्न भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका– २ मैयुङ्ग क्षेत्रको धोत्रेमा प्रहरीको गोली लागेर विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए ।

तिघ्रामा गोली लागेर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–२ कुदाककाउलेका ३२ वर्षीय घिमिरेको बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

भोजपुरका विभिन्न क्षेत्रमा हतियारधारी समूह सक्रिय रहेको सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली गस्तीमा निस्किएको थियो । गस्तीमा रहेको प्रहरी टोली र करिब १५ जनाको समूहका रहेका विप्लवका कार्यकर्ताबीच मैयुङ्ग डाँडामा जम्काभेट भएको जनाइएको छ ।

प्रहरी देखेपछि अरु सबै जंगलतर्फ भागेपनि घिमिरेले भने कम्मरमा बाँधेको हतियारले प्रहरीतर्फ आक्रमण गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले जवाफी फायरिङ गर्दा घिमिरेको तिघ्रामा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका घिमिरेलाई एम्बुलेन्समार्फत उपचारका लागि धरान ल्याइए पनि हिले–भोजपुर सडक भैसीपंखा खण्डमा परेको पहिरोका कारण समयमै अस्पताल पु¥याउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : २९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार